दैलेखको आठबीस नगरपालिका-६ माल्याको वनको डँडेलोमा परी १२ जना मजदुर घाइते भएका छन् । आठबीसको माल्याको वनमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उनीहरू बाटो खन्न गएका मजदुर रहेको मेयर तर्कबहादुर बडुवाले जानकारी दिए ।
उक्त वनमा काम गरिहेको समयमा एक्कासि लागेको आगो फैलिँदा उनीहरू घाइते भएका हुन् । वनमा लागेको आगोबाट भाग्ने ठाउँ नभएपछि उनीहरूको शरिरमा आगो लागेको नगरप्रमुख वडुवालले बताए । घाइतेहरूको दैलेख राखम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भि छ । अन्य विवरण आउनेक्रममा रहेको नगरप्रमुख बडुवालले बताए ।