सिंहदरबार शीर्ष बैठक :ओली बाहिरिए, पूर्णबहादुर भित्रिए

सिंहदरबार शीर्ष बैठक :ओली बाहिरिए, पूर्णबहादुर भित्रिए


  • जन संचार
  • बुधबार, २७ बैशाख २०८०
  • 3K
    Shares

नक्कली भुटानी शरणार्थी प्रकरणले तरंग पैदा भइरहेको बेलामा सिंददबारमा शीर्ष नेताहरूको भेटवार्ता बाक्लो छ । तीन दलका शीर्ष नेताहरुको बैठक सकिएपछि सत्ता गठबन्धन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

तीन दलका शीर्ष नेताहरुको बैठक सकिएपछि पत्रकारहरुसंग कुरा गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको बताए । उनले भने, ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’ नक्कली भुटानी शरणार्थी प्रकणमा कुनै छलफल नभएको जिकिर गरे।

बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । उनले कुनै प्रतिक्रिया दिन मानेनन् । ओली बाहिरिएपछि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला शीर्ष नेताहरूको दौडधुपलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया