अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर चार जनाको मृत्यु

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर चार जनाको मृत्यु


  • जन संचार
  • बुधबार, २७ बैशाख २०८०
  • 3.2K
    Shares

आगलागी

अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर चार जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका-२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्किए पछि निभाउने क्रममा चार जनाको मृत्यु भएको हो।

उक्त आगलागीमा परेर ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाटमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको काठमाडौं किर्तीपुर अस्पतालमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, सन्धिखर्क नगरपालिका–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा ८ घरगोठ जलेर नष्ट भएका छन् । ५ भैंसी जलेका छन् । कुखुरा फर्ममा आगोलागी हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया