पूर्वी रुकुममा गाई काट्ने तीनजना पक्राउ

पूर्वी रुकुममा गाई काट्ने तीनजना पक्राउ


  • जन संचार
  • मंगलबार, २६ बैशाख २०८०
  • 6.3K
    Shares

पूर्वी रुकुममा गाई काट्ने तीनजना पक्राउ

गाई काटेको आरोपमा रुकुमपूर्वका ३ जना पक्राउ परेका छन्।

गएराति गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व का प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनका अनुसार सोधपुछका क्रममा उनीहरूले लडेर मरेको गाईलाई काटेको बताएका छन्।

पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षीय रानविर कामी, भूमे गाउँपालिका-३ का ५९ वर्षीय सम्पती रोका र ५७ वर्षीया विनसरी रोकालाई रहेका छन्।

पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया