कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गोर्खाका एक युवा काठमाण्डौमा पक्राउ परेका छन्। गोरखाको पृथ्वीनारायण नगरपालिका-१० तेलकट घर भई हाल काठमाडौं महानगरपालिका- २६ नया वसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङ कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोप काठमाण्डौमा पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनले वैदेशिक रोजगारीको लागि कम्बोडिया जानको लागि पीडितहरुबाट ३१ लाख रुपैयाका ठगी गरेको प्रहरीको आरोप छ ।