अमेरिकामा यो बर्ष बन्दुक आक्रमणको घटना पुग्यो १९८, हिजो पनि टेक्सास स्थित मलमा ९ जना मारिए

अमेरिकामा यो बर्ष बन्दुक आक्रमणको घटना पुग्यो १९८, हिजो पनि टेक्सास स्थित मलमा ९ जना मारिए


  • जन संचार
  • आइतबार, २४ बैशाख २०८०
  • 5.2K
    Shares

अमेरिकामा यो बर्ष बन्दुक आक्रमणको घटना पुग्यो १९८

हिजो शनिवार अमेरिकाको टेक्सासस्थित एक मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ।

एक बन्दुकधारीले मलमा सामान खरिद गरिरहेका ग्राहकमाथि अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

आक्रमणमा परेकामध्ये केही बालबालिका रहेको जनाइएको छ। घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ भने तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

एक तथ्यांकअनुसार यो वर्षमात्रै अमेरिकामा १९८ वटा बन्दु आक्रमणका घटना भएका छन्।गन भ्वाइलेन्स अर्काइभका अनुसार  सन् २०१६ यता यस वर्ष सबैभन्दा धेरै बन्दुक आक्रमणका घटना घटेका हुन्।

 

प्रतिक्रिया