पिएसजीको अफिस बाहिर समर्थकले मेस्सीविरुद्ध लगाए चर्को नाराबाजी (भिडियो)

पिएसजीको अफिस बाहिर समर्थकले मेस्सीविरुद्ध लगाए चर्को नाराबाजी (भिडियो)


  • जन संचार
  • आइतबार, २४ बैशाख २०८०
  • 5.2K
    Shares

एजेन्सी, वैशाख २१

फ्रेन्च क्लब पिएसजीका समर्थक आफ्ना सुपरस्टार खेलाडी लियोनल मेस्सीविरुद्ध चर्को नाराबाजीमा उत्रिएका छन् । हिजो (बुधबार) साँझ पिएसजीका फ्यान क्लबको केन्द्रीय कार्यालय बाहिर हजारौंको संख्यामा उपस्थित भएर मेस्सीविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । क्लबले मेस्सीविरुद्ध अनुशासनको कारबाही गर्दै दुई साताका लागि क्लबका कुनै पनि गतिविधिमा सामेल हुन नपाउने गरी प्रतिबन्ध लगाएपछि समर्थक पनि मेस्सीको हर्कतबाट बिच्किएका छन् । मेस्सी क्लबको स्वीकृतिबिनै परिवार लिएर घुमघामका लागि साउदी अरबको भ्रमणमा गएका थिए ।

Free BTC giveaway every weekend. Register now!
Make A Facebook-Like Fortune With These Two Early 5G Stocks
Scan this QR code with your phone’s camera
Everyone will be shocked in your Insta Direct
सोही विषयमा कारबाही गर्दै मेस्सीमाथि पिएसजीले २ सातासम्म क्लब नै छिर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो । क्लबको यस्तो निर्णयपछि समर्थक पनि आक्रामक रूपमा मेस्सीवरुद्ध नाराबाजीमा उत्रिएका छन् । हजारौंको संख्यामा क्लबको केन्द्रीय कार्यालयबाहिर भेला भएका समर्थकले व्यक्तिगत रूपमा मेस्सीविरुद्ध नाराबाजी गरे । समर्थकले मेस्सीविरुद्धन नारबाजी गर्दै गरेको भिडियोहरू फ्रेन्च मिडियाले सार्वजनिक गरेका छन् ।

मेस्सीलाई मुख्य निशानामा पारेका समर्थकले मेस्सीलाई ‘Pessi’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले मेस्सीलाई तत्काल पेरिस छाड्न र आफूहरूको भावनासँग खेलबाड नगर्न पनि भनेका छन् । समर्थकले क्लबको बाहिरी क्षेत्रमा मेस्सीका कार्टुन बनाएर प्रदर्शन गरेका थिए भने मेस्सीको जर्सी समेत च्यातेर रुखमा झुण्डाएर विरोध गरेका थिए । यी सबै दृश्यबाट पिएसजीका समर्थक मेस्सीप्रति ज्यादै वितृष्णामा रहेको साबित हुन्छ ।

पिएसजीमा पछिल्लो समय विकसित घटनाक्रमबाट के देखिन्छ भने, मेस्सीले अब पिएसजीका लागि खेल्ने सम्भावना छैन । प्रतिबन्धका कारण मेस्सीले २ खेल गुमाउनेछन् भने त्यसपछि बाँकी ३ खेलमा पनि मेस्सीले खेल्ने सम्भावना न्यून छ । अहिले नै मेस्सीीवरुद्ध खनिएका समर्थकले मेस्सीले खेल्ने खेल दौरान रंगशालामा झनै उदण्ड हर्कत देखाउन सक्ने हुँदा त्यसबाट अलग रहन मेस्सीले अब कुनै खेल नखेली पिएसजीबाट बिदा हुने बाटो प्रशस्त भएको छ ।

प्रतिक्रिया