सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त


  • जन संचार
  • शुक्रबार, २२ बैशाख २०८०
  • 5.8K
    Shares

सिम्रिक एयर , simrik air

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ,’ कार्कीले भने ।
उक्त क्षेत्र अत्यन्तै विकट भएको र मोबाइल नेटवर्क पनि राम्रो नभएकाले विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया