आजको ‘पेनुमब्रल’ चन्द्रग्रहणमा कस्तो देखिनेछ त चन्द्रमाको रंग ?

आजको ‘पेनुमब्रल’ चन्द्रग्रहणमा कस्तो देखिनेछ त चन्द्रमाको रंग ?


  • जन संचार
  • शुक्रबार, २२ बैशाख २०८०
  • 4.9K
    Shares

आजको 'पेनुमब्रल' चन्द्रग्रहण

आज हुने चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ ।

चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।

त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन् । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।

 

 

 

प्रतिक्रिया