नशासम्बन्धी रोगको उपचार गर्न अस्पताल भर्ना भएका बैतडीका युवाको कोरोना र डेंगु संक्रमणबाट मृत्यु

नशासम्बन्धी रोगको उपचार गर्न अस्पताल भर्ना भएका बैतडीका युवाको कोरोना र डेंगु संक्रमणबाट मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ बैशाख २०८०
  • 4.8K
    Shares

नशासम्बन्धी रोगको उपचार गर्न सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका बैतडीका एक युवाको कोरोना र डेंगु संक्रमणबाट मृत्यु भएको छ। नशासम्बन्धी रोगको उपचार गर्न सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका बैतडीका ३० वर्षीय युवाको अस्पतालको ‘भेन्टिलेटर’मा उपचार हुँदाहुँदै बुधबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए।

सुचना अधिकारी उपाध्यायका अनुसार, नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवाको यहीँ वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो। त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगुको समेत संक्रमण देखिएपछि थप उपचारका लागि युवकलाई भेन्टिलेटरमा राखिएको सूचना अधिकारी उपाध्यायले बताए।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कञ्चनपुरकी एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार