१३ बर्षिय स्कुले बालकले गोली चलाउँदा ९ जनाको मृत्यु, ८ घाइते ‘सर्बिया’

१३ बर्षिय स्कुले बालकले गोली चलाउँदा ९ जनाको मृत्यु, ८ घाइते ‘सर्बिया’


  • जन संचार
  • बिहिबार, २१ बैशाख २०८०
  • 5.7K
    Shares

१३ बर्षिय स्कुले बालकले गोली चलाउँदा ९ जनाको मृत्यु, ८ घाइते 'सर्बिया'

सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा अन्दधुन्द गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

एक १३ वर्षीय नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा एकजना सुरक्षा गार्डसहित आठ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

बालकले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया