हिमाल पारिको जिल्ला भनेर परिचित मुस्ताङमा ७८ वर्षीया बृद्धालाई वलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेल चलान भएका छन् ।
७८ वर्षीया बृद्धालाई वलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका-५ मल्कावाङका ४४ वर्षीय हिराबहादुर कामी मुस्ताङ्ग जिल्ला अदालतको आदेश बमोजिम कारागार चलान भएका हुन्।
मुस्ताङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
आफ्नै घरको कोठामा मृत भेटिएकी बृद्धालाई कामीले मादक पदार्थ सेवन गरी जबर्जस्ती करणी गरेपश्चात घाँटी थिचेर हत्या गरेको खुलेपछि हत्या गरे पश्चात फरार कामीलाई प्रहरीले म्याग्दीको सदरमुकाम बेनी बजारमाट पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो। हत्या गरे पछि भाग्ने क्रममा अभियुक्त कामीले ती वृद्धाले लगाएको घाँटीको गहना रिङ (दुई थान) समेत चुडालेर लगेको प्रहरीले दाबी गरेको थियो।