रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन

रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन


  • जन संचार
  • मंगलबार, १९ बैशाख २०८०
  • 18.2K
    Shares

रवि लामिछानेको सवारी चालक शम्भु भनिने दिलबहादुर थापा

रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको ललितपुर प्रहरी प्रवक्ता प्रवीण पोखरेलले जानकारी दिए । चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापाका श्रीमती र दुई सन्तान छन् ।

प्रतिक्रिया