डाक्टरको घरमा वीर अस्पतालकी स्टाफ नर्स मृत फेला

डाक्टरको घरमा वीर अस्पतालकी स्टाफ नर्स मृत फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ बैशाख २०८०
  • 9.6K
    Shares

डाक्टरको घरमा स्टाफ नर्स मृत फेला

काठमाडौंमा एक जना स्टाफ नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।

काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्।

‘हिजो शव फेला परेको थियो। शव उठिसकेको छैन,’ एसपी रिजालले भने।

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ। उनीहरू दुबै जना अविवाहित हुन्।

पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो। सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार