गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहणसँगै चार वटा निर्णयहरु गरेका छन् । सपथग्रहण पछि मुख्यमन्त्रीको कार्यालय पुगेर पदभार गरेका पाण्डेले लगत्तै प्रदेश मन्त्री परिषद बैठक राखेर बिभिन्ना चार वटा निर्णयहरु गराएका छन्।
उक्त मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न कार्यदल गठन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालययका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन भएको हो ।
यस्तै गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत महशुलमा शत् प्रतिशतसम्म अनुदान दोस्रो निर्णय गरेको छ । तीन सदस्य क्याविनेटले लोकतन्त्र प्राप्तिका लागि भएको सबै किसिमका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै मन्त्रिपरिषद्को प्रवक्तामा कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी तोकिएको छ ।
पाण्डेले आजै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन् । मुख्यमन्त्रीसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन् । बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा बनेका छन् ।