उद्योग विभागबाट शाखा अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

उद्योग विभागबाट शाखा अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ


  • जन संचार
  • शुक्रबार, १५ बैशाख २०८०
  • 2.6K
    Shares

काठमाडौंको त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत ताराकुमारी घिमिरे र कार्यालय सहयोगी दीपा थापा १२ हजार घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाटै उनीहरूलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत घिमिरेलाई घुस सहित बिहीबार साँझ पक्राउ गरिएको हो।

शाखा अधिकृत घिमिरेलाई कम्पनिको ट्रेडमार्क सहजीकरण गरिदिए वापत १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यकक्षबाटै समातिएको हो।

उनको कार्यकक्षमा स्रोत नखुलेको ३७ हजार पांच सय ३५ रुपैयाँ समेत फेला परेको अख्तियार स्रोतले जनाएको छ।

प्रतिक्रिया