माटोको ढिस्कोमा पुरिएर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ की इश्वरी खड्काको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वनमा घर पोत्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।