कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित


  • जन संचार
  • बुधबार, १३ बैशाख २०८०
  • 4.8K
    Shares

कोरोनाका कारण मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया