आफ्नै साथीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा मोरङस्थित कालिका माविका १३ छात्रा पक्राउ

आफ्नै साथीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा मोरङस्थित कालिका माविका १३ छात्रा पक्राउ


  • जन संचार
  • बुधबार, १३ बैशाख २०८०
  • 4.2K
    Shares

आफ्नै साथीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले मोरङबाट १३ जना छात्राहरुलाई पक्राउ गरेको छ। गत बैशाख ६ गते मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भए पछि उक्त कुटपिटमा संलग्न १३ जना छात्राहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका १३ जना बालिकाविरुद्ध मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्राप्त हुनासाथ ती बालिकालाई वैशाख ११ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कुटपिटबाट घाइते भएकी ती बालिकाको भने विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया