सातलाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित महिला पक्राउ

सातलाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित महिला पक्राउ


  • जन संचार
  • मंगलबार, १२ बैशाख २०८०
  • 16.6K
    Shares

जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट ७ लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित एक महिला पक्राउ परेकी  छिन्। बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरको चारसय ९२ थान र पांच सय दरको पांच सय ५९ थान नक्कली नेपाली नोटसहित बरामद गरेको हो।

उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद भएको प्रहरीले  जनाएको छ। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया