गाई मारेको मुद्दामा फरार नेपाली १३ बर्षपछि पक्राउ

गाई मारेको मुद्दामा फरार नेपाली १३ बर्षपछि पक्राउ


  • जन संचार
  • मंगलबार, १२ बैशाख २०८०
  • 14.6K
    Shares

गाई मारेको मुद्दामा फरार नेपाली १३ बर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले गौहत्या कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

गाई मारेको कसुर मुद्दामा ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जैमिनी नगरपालिका–८ का २७ वर्षीय अगनबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

बागलुङ जिल्ला अदालतले २०६७ बैशाख १० गते गोबध कसुर मुद्दामा नेपालीलाई सजाय तोकिए पनि फरार रहँदै आएको बताए । उनले प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

नेपालीलाई लगत कट्टा गर्नका लागि सोमबार जिल्ला अदालत बागलुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ मदन केसीले जानकारी दिए ।

 

प्रतिक्रिया