गएराती मकवानपुरमा ट्रयाक्टर दुर्घटना : तीनको मृत्यु, दुईजना घाइते

गएराती मकवानपुरमा ट्रयाक्टर दुर्घटना : तीनको मृत्यु, दुईजना घाइते


  • जन संचार
  • मंगलबार, १२ बैशाख २०८०
  • 3.3K
    Shares

मकवानपुरको मनहरी गाउँपालिकामा गएराती साढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र २० वर्षका प्रवीण प्रजा छन् ।

उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादु कार्कीले जानकारी दिए ।

यस्तै, दुर्घटनामा परी सोही स्थानका अन्दाजी २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । उनीहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा पाँचजना घाइते भएका थिए ।

प्रतिक्रिया