आकाशमा बिस्फोट भएको देखिएको एयर दुवैको बिमान कुशलतापुर्वक दुवै अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गर्यो

आकाशमा बिस्फोट भएको देखिएको एयर दुवैको बिमान कुशलतापुर्वक दुवै अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गर्यो


  • जन संचार
  • मंगलबार, १२ बैशाख २०८०
  • 4.4K
    Shares

काठमाण्डौको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट उडेको केही बेरमा नै आकाशमा बिष्फोटको आवाजसहित आगलागी व्हेको देखिएको एयर दुबैको जहाजलाई चालकदलका सदस्यहरुले कुशलतापुर्वक दुवै अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण गराएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । पाइलटले इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका थिए । केहिवेर आकासमै होल्ड गरेर पाइलटले उडानलाई निरन्तरता दिएका थिए ।

उडानलाई निरन्तरता दिएका पाइलटले उक्त बिमानलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय बिआनस्थलमा अवतरण गराउने आशा गरेका थिए। तर उक्त बिमान दिल्लीमा अवतरण नगरी सोझै दुवै पुगेको एयर दुबैले जानकारी दिएको छ।

फ्लाईदुबईका प्रवक्ताले गरेको ट्वीटआ”काठमाडौं विमानस्थलबाट उडेको फ्लाईदुबईको फ्लाइट एफजेड ५७६ काठमाडौंबाट उड्ने क्रममा चराले ठक्कर दिएपछि स्थानीय समयअनुसार बिहान ११ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको हो ” जानकारी दिइएको छ ।

उक्त ट्वीटमा” हाम्रो उच्च योग्य केबिन चालक दलले मानक अपरेटिङ प्रक्रियाहरू प्रदर्शन गर्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटरहरू भित्र रहेको सुनिश्चित गरेपछि उडान पाठ्यक्रममा अगाडि बढ्यो। विमान दुबईमा सामान्य रूपमा अवतरण भएको थियो र विमान जाँच गरिनेछ। हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो प्राथमिकता हो।” पनि भनिएको छ।

यात्रा तालिकामा भएको परिवर्तनको कारण हाम्रा यात्रुहरूलाई पर्न गएको असुविधाको लागि पनि एयर दुबैले क्षमा मागेको छ।

काठमाडौ‌ंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।

जहाजमा आगलागी भएपछि उसलाई नेपालकै आकाशमा होल्ड गरिएको थियो। एउटा इन्जिनमै सुरक्षितसँग दुबई पुग्न सकिने भएपछि उक्त जहाजलाई जान दिइएको हो।
विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका थिए ।

प्रतिक्रिया