तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्ले बिकयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई भारी मतान्तरले पराजित गरेका हुन्।
बिजयी वाग्लेले ३४ हजार नौसय ९१९ मत पाउदा भट्टराईले जम्मा २० हजार एकसय २२ मत पाए। नेपाल प्रहरीका पूर्व महानिरिक्षक समेत रहेका एमाले उम्मेदवार सर्बेन्द्र खनाल आठ हजार चारसय ८८ मतका आठ तेश्रो स्थानमा रहे।
तनहुँ न १ मा कुल ६५ हजार तीनसय १६ मत खसेकोमा एकहजार एकसय ८१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य उपनिर्वाचन ।
अन्तिम मतपरिणाम :
खसेकाे मत : ६५३१६
सदर मत : ६४१३५
बदर मत : ११८१
#विजयी उमेदवार डा.स्वर्णिम वाग्ले, रास्वपा : ३४९१९
निकटतम प्रतिष्प्रधी : गाेविन्द भट्टराई, काङ्ग्रेस : २०१२२
सर्वेन्द्र खनाल, एमाले : ८४८८
शाेभा गुरूङ, राप्रपा : २१८
भिम बहादुर सुनार, नागरिक उन्मुक्ति पार्टी : ९९
राम प्रसाद प्रजापति, नेमकिपा : ३१
गणेश श्रेष्ठ, नेकपा समाजवादी : ५
प्रेम ब. थापा, मंगाेल नेशनल अर्गनाइजेसन : १६६
पूर्ण बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी : ८७