अदालतभित्रै हुलहुज्जत मच्चाउने तीन जना गोरखाबाट पक्राउ

अदालतभित्रै हुलहुज्जत मच्चाउने तीन जना गोरखाबाट पक्राउ


  • जन संचार
  • सोमबार, ११ बैशाख २०८०
  • 3.1K
    Shares

जिल्ला अदालत गोरखा, gorkha district court

अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जना गोरखाबाट आइतबार पक्राउ परेका छन्। जिल्ला अदालत गोरखाको मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए। दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतंक मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया