लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन्।
प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार ढलेको हो।
राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समिकरणपछि राप्रपा बाहेकका दलहरूले गत चैत्र १२ गते नेकपा माओवादी केन्द्र लगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सरकारमा सहभागि दलहरूले समर्थन फिर्ता लिएको एकमहिना बिताएर गिरीले विश्वासको मत लिएका हुन्।
विश्वासको मतका लागि भएको मतदानमा सहभागी सदस्यमध्ये ३३ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए। भने ५३ जनाले विश्वासको विपक्षमा मत दिएका थिए ।
गिरीलाई नेकपा एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसदले विश्वासको मत दिए।
माओवादी केन्द्र, नेपाली कांग्रेस नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए।