गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा बिश्वासको मत दाबी गर्दै प्रस्ताव पेश गरेका छन्। मुख्यमन्त्री अधिकारीले अघि सारेको बिश्वासको मत सम्बन्धि प्रस्तावमा अहिले छलफल सकिएको छ र आधा घन्टाका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।
उक्त प्रस्ताव माथि छलफल गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारीलाई बिश्वासको मत दिन नसक्ने प्रदेश सभामा जानकारी दिएका छन्। तर दुई वटा सभासद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री अधिकारीलाई बिश्वासको मत दिने प्रदेश सभामा जानकारी दिएको छ।
बिश्वासको मतमाथिको छलफल सकिदा मुख्यमन्त्री अधिकारीले बिश्वासको मत नपाउने सुनिश्चित भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश्सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको २७ र नेकपा माओवादी केन्द्रका सात जना सांसद रहेका छन्। मुख्यमन्त्री अधिकारीको पक्षमा उनको पार्टी नेकपा एमालेको २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सांसद देखिएका छन्। हाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका स्वतन्त्र सासंद दिपक मनाङ्गे पनि गण्डकी प्रदेश सभामा रहेका छन्।