वनमा लागेको डढेलो निभाउने क्रममा जलेर गुल्मीमा दुई जनाको मृत्यु

वनमा लागेको डढेलो निभाउने क्रममा जलेर गुल्मीमा दुई जनाको मृत्यु


  • जन संचार
  • शनिबार, ९ बैशाख २०८०
  • 2.4K
    Shares

गुल्मीमा लागेको डढेलो

गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवर र १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो।

गत बिहीबार लागेको डढेलो निभाउने क्रममा घाइते भएका उनीहरु मध्ये नबहादुर जोगी कुँवरको आज र दीपक मुखियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

गत बिहीबार जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर गम्भीर घाइते भएका उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

प्रतिक्रिया