सन्दीप लामिछानेले बनाए दुर्लभ कीर्तिमान : बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

सन्दीप लामिछानेले बनाए दुर्लभ कीर्तिमान : बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ बैशाख २०८०
  • 5.2K
    Shares

सन्दिप लामिछाने, sandeep-lamichhane

नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।

सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार