एकाबिहानै ओली र प्रचण्डबीच भएको साढे दुई घण्टा भेटमा के कुरा भयो ?

एकाबिहानै ओली र प्रचण्डबीच भएको साढे दुई घण्टा भेटमा के कुरा भयो ?


  • जन संचार
  • शुक्रबार, ८ बैशाख २०८०
  • 2.7K
    Shares

केपी शर्मा ओली र प्रचण्ड बीच भेट

उपनिर्वाचन मिति नजिकिदै गर्दा एकापसमा कटाक्षमा उत्रिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली बिच शुक्रबार बिहान साढे दुई घण्टा भेट भएको छ। उनीहरुबीच सिंहदरबारमा बिहान ९ बजेदेखि साढे ११ बजेसम्म छलफल भएको हो ।

छलफलमा प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ समिति गठन, संवैधानिक परिषद्सम्बन्धी कानून निर्माण, टीआरसी विधेयक लगायको बिषयमा छलफल भएको बताइएको छ ।

बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा कुरा मिल्न सकेको थिएन । अब संवैधानिक परिषद्का सदस्य समेत रहेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बैठक बस्ने तयारी छ ।

आजको बैठकमा प्रधानन्यायाधीशसहित संसदीय सुनुवाइ समिति गठनलगगायको विषयमा छलफल भएको बताइन्छ ।

यसअघि ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष नेताहरूको बैठकमा चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्ने सहमति भएको छ । त्यहीअनुसार अहिले दलहरू गृहकार्यमा लागिरहेका छन् ।

त्यसो त आजै सुर्खेत पुगेका उपप्रधान तथा रक्षा/कानून मन्त्री पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भइरहेकाले केही दिनमै टुंग्याउने बताए ।

001

प्रतिक्रिया