पोखरा–३२ लामेआहालमा अस्थायी रुपमा संचालित ल्याण्डफिल्ड साइटमा फोहोर पेल्ने क्रममा डोजरले पेलिएर सोहि दोजरका चालकको मृत्यु भएको छ। ग १ ग १३४ नम्बरको डोजर चालक ६० वर्षीय मुसाफिर दास तत्माको बिहीबार साँझ आफैले चलाएको डोजरले पेल्दा मृत्यु भएको हो।
फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा अगाडि गएका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको आफूले जानकारी पाएको गायकले बताए ।
दुई वर्षअघि महानगरबाटै अवकास पाएका चालक तत्मा महानगरले फोहोर पुर्ने अर्को चालक नपाए पछि आफि करारमा काम गर्दै आएका थिए। पोखरा–१४ बाट अस्थायी रुपमा लामेआहालमा सारिएको ल्याण्ड फिल साइटमा पु¥याइएको फोहोर पुर्ने काम चालक तत्माले गर्दै आएका थिए ।
पोखरा महानगरपालिकाले पुस अन्तिममा नयाँ विमानस्थल सञ्चालनमा आउनु ठिक अगाडिदेखि सेती नदी किनार लामेआहालमा अस्थायी ल्याडफिल साइट संचालन गर्दै आएको छ ।