तनहुँ सदरमुकाम दमौलीबाट चुनाब बहिष्कारवादी चार जना कार्यकर्ता पक्राउ (भिडियोसहित)

तनहुँ सदरमुकाम दमौलीबाट चुनाब बहिष्कारवादी चार जना कार्यकर्ता पक्राउ (भिडियोसहित)


  • जन संचार
  • बिहिबार, ७ बैशाख २०८०
  • 3.7K
    Shares

आसन्न उपनिर्वाचन बहिष्कार गरौँ भन्दै बिरोध प्रदर्शन चार जनालाई प्रहरीले तनहुँ सदरमुकाम दमौलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत चार जना रहेका प्रहरीले जनाएको छ ।

उनीहरु धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी} सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मसाल) र आहुति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीका नेता-कार्यकर्ता रहेका छन। उनीहरुलाई व्यास नगरपालिका–३ अनसनचोकमा चुनाब बिरोधी नारा लगाइरहेका बखत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया