जाजरकोटमा निर्माणाधीन पुल भत्किंदा दुई जनाको मृत्यु भएको छ भने अन्य सात घाइते भएका छन्।
जाजरकोट – डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने भेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएको हो।
उक्त घटनामा पुल निर्माणमा संलग्न भारतीय नागरिकहरु ४० वर्षीया धमेन्द्र गौतम, ३५ वर्षीया पुरुष उत्तम कुमार विक्रमको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।
घाइते सातमध्ये दुई जनाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताए । दुर्घटना घटनामा परेका पाँचजना सामान्य घाइते रहेका छन्।
सामान्य घाइते हुनेमा २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ । बेली ब्रिज (पुल) एक्कासि भत्कँदा निर्माण गर्दै गरेका मजदुरहरू घाइते भएका थिए । घाइते रहेका पनि अधिकांश नागरिकहरू भारतीय नै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गम्भीर घाइते भारतीय २५ वर्षीय सञ्जयकुमार गौतम, ४५ वर्षीय राजकुमार सामान्य घाइते, भारतकै २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार, बर्दिया गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई हेलिकटप्टोरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।
@bhadra nepalखर्बौं वैदेशिक ॠण ल्याएर बनाइएका बिकासहरु यिनै हुन्। २/४ दिन टल्किने अनि भत्किने। पुलमा ६/७ जना मान्छे बाहेक ओभोरलोड पनि छैन रहेछ,कमिसनै कमिसनको परिणाम,अब कमिसनमै कमिसनवालालाई बचाइनेछ।समृद्धि र विकासको गतिमा भन्ने फगत नारा लाउने अनि परिणामको पारा यस्तो छ।२ जनाको ज्यानसमेत गएछ।जाजरकोट – डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भिर घाइते भएका छन।स्रोत- सामाजिक सन्जाल।