रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ रगरगन्जका १९ बर्षिय बिरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको भन्दै बुधबार साँझ रुपन्देही प्रहरीमा उजुरी दिएका छन्।
अहिले उपचार गरेपछि घर फर्किसकेका केबटले आफूमाथि गोली प्रहार भएको बताएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। बुधबार घाँस काटन गएको बेला अज्ञात ब्यक्तिले आफ्नो मोबाइल खोस्न खोजेका र सोही क्रममा खोसाखोस हुँदा आफु माथि गोली प्रहार भएको घाइते भनिएका केबटले प्रहरीलाई बताएका छन्। प्रहरीलाई घटनाबारे साढे ६ बजे मात्र खबर प्राप्त भएको अर्यालले बताए।
रुपन्देहीको अमवामा गोली चलेको सुचना प्राप्त भएपछी गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा घाईतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले बताए। डिएसपी अर्यालले अघि भने,“घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान शुरु गरेका छौं ।”