भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि केही वचतकर्ताले कालोमसो दलेर हातपात गरेका छन् । ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित कृषि विकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई मंगलबार दिउँसो १ बजेतिर सोही सहकारीका केही वचतकर्ताले कालोमसो दलेर हातपात गरेका हुन् ।
उनीहरुले प्रबन्ध निर्देशक खत्रीलाई जुत्ताको मालासमेत लगाएर कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिट तथा दुर्व्यवहारमा संलग्न आरोपमा प्रहरीले ठिमी नगरपालिका- ७ धुन्चेपाखाका मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने प्रेमकुमारी तामाङ, झापा घर भई हाल गठ्ठाघर बस्ने कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ९ बोडे बस्ने गोरखबहादुर गिरी, ओखलढुङगा लिखु- ४ घर भई हाल कौशलटार बस्ने पवित्रा तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।