अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही बेपत्ता

अन्नपूर्ण हिमाल आरोहणका क्रममा भारतीय आरोही बेपत्ता


  • जन संचार
  • सोमबार, ४ बैशाख २०८०
  • 3.7K
    Shares

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।

आज साेमवार दिउँसो दोस्रो शिविरभन्दा केही माथिबाट भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका र उनको खोजि भैरहेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए ।

राजस्थानको किशनगढका मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका गुरागाईंले बताए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा गएको शनिवारदेखि यस वर्षको वसन्तयामको आरोहण शुरु भएको हो ।

प्रतिक्रिया