३३ ग्राम अवैध लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पोखराको चिप्लेढुंगास्थित एक होटलबाट पक्राउ गरेको छ। भारत पश्चिम बंगाल जिल्ला
मुर्सिदावाल बासगरा पोष्ट थाना लाल गोडा बस्ने वर्ष ३७ को अनारुल ईस्लाम र पोखरा महानगरपालिका वडा नं.२९ तालचोक बस्ने वर्ष ३२ की रमा माया कुमाललाई प्रहरीले ३३ ग्राम अवैध लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।
उनीहरुलाई आइतबार दिउसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। तर कुन होटल हो भन्ने बारेमा प्रहरीले विवरण सार्वजनिक गरेको छैन। उनीहरुको साथबाट लागू औषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान र मोवाईल दुई थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। ।