रास्वपा महामन्त्री ढकालका चालक राजवंशी पक्राउ

रास्वपा महामन्त्री ढकालका चालक राजवंशी पक्राउ


  • जन संचार
  • सोमबार, ४ बैशाख २०८०
  • 3.4K
    Shares

रवि लामिछानेको सवारी चालक शम्भु भनिने दिलबहादुर थापा

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले पक्राउ गरेको छ । सभापति रवि लामिछानेको सवारी चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चालक राजवंशी छतबाट खसेका भनिएका थापासंगे सुतेका बताइएको थियो। रास्वपा सभापति लामिछानेका चालक थापाले आत्महत्या प्रयास गरेका हुन् कि अन्य कुनै कारण हो भन्ने बारेमा सोधीखोजी गर्ने क्रममा संगै सुतेको भनिएका महामन्त्री ढकालका चालक राजवंशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की जानकारी दिए। एसपी कार्कीले भने, ‘घटनास्थलको मुचुल्का उठाएर ल्याएका छौं सोधपुछ जारी छ ।’

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ । थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ । सोमबार विहान भरतपुरका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् ।

आइतबार दिनभर घरदैलो र तनहुँको दमौलीमा आयोजित चुनावीसभा सकेर राति लामिछाने थापाले चलाएकै गाडीमा घर आएका थिए । उनीहरु सोमबार विहान भरतपुरमा घरदैलो गरेर बारा जाने कार्यक्रम थियो ।

थापाको शल्यक्रिया

रवि लामिछानेको सवारी चालक शम्भु भनिने दिलबहादुर थापा
रवि लामिछानेको सवारी चालक शम्भु भनिने दिलबहादुर थापा

चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा संलग्न कलेजका न्यूरो सर्जन डा. विनोद भट्टराईका अनुसार शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको अवस्था स्थिर छ ।

प्रतिक्रिया