भक्तपुरको बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका छन् । सूर्यविनायक नपा-२ बालकोट रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तार भइरहँदा ढिस्कोले दुईजना पुरिएका थिए ।
उपचारका क्रममा सुनसरीको गढी गाउँपालिका-२ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको हो। सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।