प्रधानमन्त्री हराएको सुचना पढेर सुनाए रघुजी पन्तले

प्रधानमन्त्री हराएको सुचना पढेर सुनाए रघुजी पन्तले


  • जन संचार
  • आइतबार, ३ बैशाख २०८०
  • 12.3K
    Shares

प्रधानमन्त्री हराएको सुचना पढेर सुनाए रघुजी पन्तले

आइतबार प्रतिनिधीसभामा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् ।

बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

यस्तो छ उनले सुनाएको सूचना–

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

प्रतिक्रिया