गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आगामी बैशाख ९ गते शुक्रबार प्रदेश सभाको बर्खे अधिबेशन आव्हान गरेका छन्। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार बैशाख ९ गते अधिवेशन आहन गरेका हुन् ।
माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आहन गरिएको हो ।
‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेश सभा भवन, नदीपुर मा २०८० वैशाख ९ गते शनिबार दिउँसो ३ बजे आरम्भ हुने हुने जानकारी गराउँछु,’ प्रदेश प्रमुख गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
अल्पमतमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गतेसम्म सरकार छोड्नुपर्ने अवस्था छ । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले सो दिन विश्वासको मत नलिइ संसदको रोस्टमबाटै राजीनामा दिने तयारी छ ।
‘विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था छैन । हामीलेहरुले मुख्यमन्त्री ज्यूलाई रोस्टमबाटै राजीनामा दिन आहन गरेका छौं,’ मुख्यमन्त्री स्रोतले भन्यो ।
