उमेशलाल श्रेष्ठ व्याक, नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी ग्रुप पोखराका अन्जान श्रेष्ठ सर्वसम्मत, श्रेष्ठ बन्ने भए भावी अध्यक्ष

उमेशलाल श्रेष्ठ व्याक, नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी ग्रुप पोखराका अन्जान श्रेष्ठ सर्वसम्मत, श्रेष्ठ बन्ने भए भावी अध्यक्ष


  • जन संचार
  • बिहिबार, ३० चैत्र २०७९
  • 4.2K
    Shares

नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्ष लक्ष्मी ग्रुप पोखराका अन्जान श्रेष्ठ हुने सुनिश्चित भएको छ। आज भएको दोश्रो चरणको बरिष्ठ उपाध्यक्ष पदका दाबेदार उमेशलाल श्रेष्ठले आफ्नो उम्मेदवारीबाट ब्याक भए पछि महासंघको बरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठ उक्त पदमा निर्बिरोध भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघको बिधान अनुसार, वर्तमान बरिष्ठ उपाध्यक्ष नै भावी अध्य्क्ष हुने गर्दछ।

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । चन्द्र ढकालले सर्वसम्मत पहल अघि बढाएर उमेश व्याक भएपछि अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित भएको हो ।

बुधबार सम्पन्न निर्वाचनमा तीन उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको चुनाव हुनुअघि नै उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो।

अघिल्लो चरणबाट रामचन्द्र संघाई भने बाहिरिएका थिए। सोसँगै निर्वाचन समितिले बाँकी दुईलाई निर्वाचनअघि सहमतिको प्रयास गर्न २ घण्टा समय दिएको थियो।

सो समयमा दुई उम्मेदवारले सहमति जुटाएका हुन्। यसअनुसार उमेशलालले अन्जनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए।

सोसँगै अन्जन निर्विरोध निर्वाचित भए। निर्वाचित भएलगत्तै अन्जन र उमेशलाल अंगालोमा बाँधिएका थिए भने अन्जनले उमेशलालको निधारमा अबिर पोतिदिएका थिए।

प्रतिक्रिया