युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी (सूचीसहित)

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत, यी हुन् अन्य पदाधिकारी (सूचीसहित)


  • जन संचार
  • बिहिबार, ३० चैत्र २०७९
  • 2.5K
    Shares

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नेपालगंजमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले क्षितिज थेवेको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ। सर्वसम्मत राष्ट्रिय युवा संघ नेपालको महासचिवमा सुमन पुरी चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले उपमहासचिव र सचिव सरह बरियता दिनेगरी विभागीय प्रमुख समेत चयन भएको बताए ।

यस अघि अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि फेरि एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको पहलमा सहमतिमा कमिटी चयन भएको हो । नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावल र क्षितिज थेवेले उम्मेदवारी दिइसकेका थिए । सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ ।

महासचिव पुरी पनि क्षितिज थेबेको प्यानलबाट उम्मेदवार थिए । उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी, सचिवमा प्रवीन चयन भएका निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए ।

अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली, निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख, बाबु छतकुली उपप्रमुख र गोकर्ण नेपाली सचिव चयन भएका छन् ।

यी हुन् सर्वसम्मत पदाधिकारी

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा

सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई

लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव

अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव

निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव

 

प्रतिक्रिया