आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गर्ने कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय

आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गर्ने कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय


  • जन संचार
  • मंगलबार, २८ चैत्र २०७९
  • 5K
    Shares

जिल्ला अदालत ललितपुर

आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गर्ने कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय सुनाइएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बजारका व्यवसायी चटौतलाई जिल्ला अदालत ललितपुरले १८ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले चटौतलाई १८ वर्ष एक महिना कैद सजायं तथा पीडितलाई आठ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको स्रेस्तेदार विष्णु पान्डेले बताए। त्यस्तै चटौतले दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने छ। सरकारी वकिल कार्यालयले सुशीललाई १८ देखि २० वर्ष कैद सजाय माग गरेको थियो।

कन्चनपुर र ललितपुरको इमाडोलस्थित ग्रिनहिल सिटीको घर नम्बर ४८ मा बस्ने चटौतले आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै गएको वैशाख ११ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

चटौत कालंगा हाइड्रोपावर लगायत कन्स्ट्रक्सन, ट्रान्सपोर्ट, होटलजस्ता व्यापारमा संलग्न छन्। यो मुद्दामा बालिका होस्टाइल भएकी थिइन्। अदालतमा बकपत्र गर्दा जाहेरीभन्दा उल्टो बयान गर्नुलाई होस्टाइल हुनु भनिन्छ।

लामो समय बलात्कारबारे कसैलाई भन्न नसकेकी १३ वर्षीया बालिका आफू बस्दै आएको घरबाट भागेर राज्यको संरक्षणमा पुगेकी थिइन्। तर उनी प्रहरी, राष्ट्रिय बालअधिकार परिषद्, सरकारी वकिल कार्यालय र अदालतको संरक्षण नपाएर बकपत्र फेर्ने परिबन्दमा फसेकी थिइन्। उनलाई संरक्षण दिन राज्य चुकेपछि उनी होस्टाइल हुन पुगेको देखिएको थियो।

प्रतिक्रिया