श्रीमतीलाई वलात्कार गरेको आरोपमा न्यायाधीश भुवन गिरी काठमाण्डौबाट पक्राउ परेका छन्। न्याय परिषदका न्यायाधीश गिरीलाई आज प्रहरीले काठमाण्डौको सामाखुसीबाट पक्राउ गरेको हो ।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार गरेको भन्दै कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।
गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमती पार्वतीलाई बोलाएर आफैंसँग राखेका थिए । तर, पार्वतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।