तिब्बती धर्मगुरू दलाई लामाले एक बालकको जिब्रोमा चु्म्बन गरेको भिडीयो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि माफी मागेका छन्।
चौतर्फी आलोचना हुनथालेपछि एक विज्ञप्ति जारी गर्दै उनले यो घटनाप्रति दुःख व्यक्त गरेको समाचार बीबीसीमा छ। सामाजिक सञ्जालमा मानिसहरूले दलाई लामाको निन्दा गर्न थालेका छन् । धर्मगुरू लामाले आफ्ना कारण बालक र उनको परिवारमा चोट परेको भन्दै माफी मागेका हुन्।
बालकलाई ओठमा चु्म्बन गरेपछि लामाले आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृष्य केही दिनदेखि सामाजिक संजालमा भाइरल भइरहेको छ।
एक बालकलाई ओठमा चु्म्बन गरेपछि लामाले आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृष्य केही दिनदेखि सामाजिक सञ्चालमा भाइरस भइरहेको छ।
चीनविरोधी गतिविधिमा लागेको भन्दै लामो समयदेखि भारतको हिमाचलस्थित धर्मशालामा निर्वासित जीवन बिताइरहेका लामाले बीबीसीसँगको अन्तरवार्तामा महिलाहरु आफूप्रति आकर्षण हुनुपर्ने प्रतिक्रिया दिएपछि उनले माफी माग्नु परेको थियो।