सन्दिप लामिछाने प्रकरणमा अदालतले भेट्टायो यस्तो गल्ति : पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको सट्टा अर्कै डाक्टरको बकपत्र

सन्दिप लामिछाने प्रकरणमा अदालतले भेट्टायो यस्तो गल्ति : पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको सट्टा अर्कै डाक्टरको बकपत्र


  • जन संचार
  • आइतबार, २६ चैत्र २०७९
  • 3.6K
    Shares

सन्दिप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।’

स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा छन् । साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।

सर्वोच्च अदालतबाट सन्दीपलाई ‘विदेशमा समेत क्रिकेट खेल्न जान दिनू’ भन्ने आदेश भएपछि जिल्ला अदालतले पीडित गौशाला २६ सँग सम्बन्धित दुईवटा सुनुवाइ गरेको छ । पहिलो सुनुवाइमा, जिल्ला अदालतले पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो ।

पूर्ण सुनुवाइका लागि पेशी तोकिएकोमा गतसाता पालो आएन । आइतबार भने दुईजनाको बकपत्र छुटेकाले त्यसलाई समेत समावेश गर्नु भनी इजलासले आदेश गरेको हो । अर्को पेशी तोकिएको छैन ।

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो ।

सन्दीप लामिछानेका वकिलले दुई साक्षीको बकपत्र बाँकी रहेको भन्दै उनीहरूको बकपत्र गराउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा दुई जना साक्षीको बकवत्र गराउन आदेश दिइएको हो । यो प्रकरणको सुनुवाई अन्तिम चरणमा छ ।

प्रतिक्रिया