रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुईकरोड घुस मागेको अडियो सार्वजनिक : छानबिन समिति बनाउने पार्टीको तयारी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुईकरोड घुस मागेको अडियो सार्वजनिक : छानबिन समिति बनाउने पार्टीको तयारी


  • जन संचार
  • आइतबार, २६ चैत्र २०७९
  • 4K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । पार्टीलाई पैसा बुझाएमा आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिनका लागि समिति बनाउने पार्टीको तयारी भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। उनले भने, ‘ यो विषयमा हामीले जानकारी पायौं । थप अनुसन्धानपश्चात हामी आवश्यक कारबाही गर्छौं।’

सांसद श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई जिताउन भन्दै प्रसाईसँग घुस मागेको विषय बाहिर आएपछि रास्वपाले यस्तो कदम चालेको हो । पार्टीलाई बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईसँग २ करोड रुपैयाँ सहयोग मागेको विषय सार्वजनिक भएको छ।

प्रतिक्रिया