एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड

एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड


  • जन संचार
  • आइतबार, २६ चैत्र २०७९
  • 3.6K
    Shares

 प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा के कुरा भयो भन्नेबारे खुल्न सकेको छैन।

स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर महेन्द्रनगर प्रस्थान गर्नेछन्। लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए। अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्ड आजै राजधानी फर्कने कार्यक्रम छ। उनी साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ। बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी पुगेका उनी बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध एयरको नियमित उडानमार्फत सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी विमानस्थल आइपुग्नु भएको छ।

प्रतिक्रिया