आज देशका यी तीनवटा प्रदेशमा वर्षा हुने सभावना

आज देशका यी तीनवटा प्रदेशमा वर्षा हुने सभावना


  • जन संचार
  • आइतबार, २६ चैत्र २०७९
  • 2.9K
    Shares

आइतबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया